images
images
  • संसद्‌मा विपक्षीहरू आपसमा भिड्ने संकेत : भिजिट भिसा प्रकरणमा माओवादी लचक, रास्वपा आक्रोशित

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) भिजिट भिसा अनियमितता छानबिनको सुनिश्चितता पक्का भए संसद् अवरोध हटाउन तयार हुने भएको छ ।

    पार्टी प्रमुख सचेतक हितराज पाण्डेले छानबिन सुनिश्चितताका लागि छलफल जारी रहेको बताउँदै सत्तापक्षले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता भए संसद्को गतिरोध हटाउने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेको भिजिट भिसा प्रकरणमा माओवादीले संसद् अवरुद्ध गर्दै गृहमन्त्रीको राजीनासमेत मागेको थियो ।

    अन्ततः छानबिन हुने सहमति बनेपछि अवरोध खोल्न तयार भएको माओवादी नेताहरूले बताएका छन् । तर, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले यसअघि नै उक्त प्रकरणको अनियमितता छानबिन नहुने प्रष्ट पारिसकेको छ ।

    कांग्रेसले अख्तियारको अनुसन्धानपछि २०६४ सालयता भिजिट भिसाका नाममा भएका अनियमितता छुट्टै संयन्त्रबाट छानबिन गर्ने मध्यमार्गी प्रस्ताव ल्याएको थियो । माओवादी र समाजवादी दल सहमत भएका छन् ।

    तर, रास्वपा भने सहमत भइसकेको छैन । कांग्रेसले रास्वपालाई सहमत गराउन छलफल जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images