images
images
  • गृहमन्त्रीको राजीनामाबाट रास्वपा एक इन्च पछि नहटेपछि कांग्रेस छुट्टै छलफलमा, माओवादी–एसलाई नो इन्ट्री

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग राख्दै विपक्षी दलले सदन अवरुद्ध गरेपछि आजको प्रतिनिधिसभा बैठक बस्ने अनिश्चित छ ।

    दिउँसो २ बजेका लागि बैठक बोलाइएको भए पनि विपक्षीको विरोध कायम छ । सत्तारूढ दल गृहमन्त्रीको राजीनामा वा छानबिन समिति दुवै नमान्ने अडानमा छ भने विपक्षीले कम्तिमा छानबिन समितिको प्रतिबद्धता भए गृहमन्त्रीलाई बोल्न दिने बताएको छ ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विपक्षी दलबीच छलफल जारी छ । रास्वपाले कांग्रेससँग छुट्टै बैठक गर्दैछ । जसमा स्वर्णिम वाग्ले, शिशिर खनाल र सन्तोष परियार सहभागी हुनेछन् ।

    सत्ता र विपक्षी दुवै पक्षले सहमतिको सम्भावना खुला राखेपनि शनिबार प्रचण्ड र देउवाबीचको छलफलले पनि सहमति निकाल्न सकेन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images