images
images
  • व्यवस्था र पार्टी विरोधीलाई झापट हान्न माओवादी सेना वाइसिएललाई अध्यक्ष प्रचण्डको निर्देशन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइसीएललाई प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध सशक्त रूपमा उभिन निर्देशन दिएका छन् ।

    सोमबार खुमलटारमा वाइसीएलको नवनिर्वाचित ७५ सदस्यीय पदाधिकारी टिमलाई स्वागत गर्दै उनले प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै सतर्क रहन आग्रह गरे ।

    ’अब तपाईंहरूको टिम जनरल स्टाफजस्तै हो, पार्टी आदेशमा दृढ भएर लाग्नुपर्छ,’ प्रचण्डले भने । उनले संगठनलाई चुस्त र सक्षम बनाउन पदाधिकारी संख्यामा गरिएको वृद्धि र क्षमताको केन्द्रिकरणलाई सकारात्मक माने ।

    विधान पारितलगत्तै गरिएको संशोधनबारे उठेको आलोचना प्रति पनि उनले सहमतिको प्रक्रिया भएकाले चिन्ता नलिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images