images
images
  • संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्षी दलहरू पुनः छलफलमा जुट्दै, राप्रपालाई बाइपास

    काठमाडौं । प्रतिनिधिसभाको आज (सोमबार)को बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ ।

    बैठकअघि नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाएका छन् ।

    राप्रपालाई भने बोलाइएको छैन । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको अडानमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरिरहेका छन् ।

    आइतबार पनि दलहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेकाले बैठक स्थगित भएको थियो । आजको बैठक सञ्चालन हुने नहुने अन्योलमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images