काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध छानबिनको माग गर्दै विपक्षी दलहरूले गर्दै आएको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे पुनः बस्दैछ ।
प्रमुख सत्तासाझेदार कांग्रेसले अध्यागमन सुधार र विस्तृत छानबिन समिति गठन प्रस्ताव गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी लचक देखिएका छन् ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहमन्त्रीमाथि तत्काल निष्पक्ष छानबिन हुनुपर्ने अडानमा अडिग रहेकाले बैठक अझै अवरुद्ध रहने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्























