images
images
  • अमेरिकाबाट डिपोर्ट भएका ३७ जनालाई घर पठाइयो

    काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा–नौबिसे सडक आजदेखि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ । दैनिक करिब ५ घण्टाका दरले सडक बन्द हुनेछ ।

    जेठ ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द हुने सडक विभागले जनाएको छ।

    नागढुंगा–पिप्लालामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको विभागले बताएको छ ।

    नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।

    साना तथा मझौला सवारीसाधनलाई वैकल्पिक रुट सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

    ३ बजेपछि मात्रै सवारी प्रवेश गर्न दिन विभागले सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images