images
images
  • तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं – काठमाडौं मा तारकेश्‍वर नगरपालिका वडा नम्बर ८ मा शनिबार साँझ चोरी भएको छ । डाँडागाउँ बस्ने ठुली कान्छी श्रेष्ठको घरबाट चोरी भएको हो ।

    प्रहरीका अनुसार सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images