images
images
  • टेलिकमको ठेक्का प्रकरणमा प्रबन्ध निर्देशक पहाडीसहित उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं – नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याललगायतका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार ठेक्का नवीकरणको प्रक्रियामा सार्वजनिक पदको दुरुपयोग गर्दै आर्थिक लाभ लिने नियत देखिएको छ। यो प्रकरणमा टेलिकमका अन्य केही अधिकारी पनि संलग्न रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images