images
images
  • राजावादी आन्दोलनका कमाण्डरबीच बबण्डर : नवराजलाई बाइपास गर्ने तयारीमा राजेन्द्र–कमल

    काठमाडौं । राजसंस्थाको पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गर्ने तयारी गरिएको छ ।

    समितिका प्रवक्ता स्वागत नेपालका अनुसार अबको आन्दोलनमा युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिइनेछ ।

    हालसम्म नवराज सुवेदीको नेतृत्वमा रहेको समितिभित्र आन्तरिक असमझदारी र अव्यवस्थाका कारण आन्दोलन निष्क्रिय अवस्थामा पुगेको छ ।

    बूढा नेताहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्ने भएकोले नयाँ नेतृत्व ल्याउने तयारी भएको नेपाल बताउँछन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले समेत पछिल्लो समयमा राजावादी नेताहरूलाई एकताबद्ध हुन आह्वान गरेका थिए ।

    कमल थापा, राजेन्द्र लिङ्देनलगायत नेताहरूले नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए ।

    यही समितिले ४ चैतमा औपचारिक घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images