images
images
  • पूर्वराजा ज्ञानेन्द्रको निर्वाचन विथोल्ने हिम्मत भएकालाई वाइसिएलको जिम्मा, को हुन् उनी ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्वमा जनयुद्धका घाइते योद्धा पुष्प ओली सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।

    ओलीले माओवादी जनयुद्धको दौरानमा गम्भीर चोट बेहोरेका थिए । वाइसिएलको हालै सम्पन्न बैठकले उनीमाथि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।

    साथै महासचिवमा गणेश शाहीको नाममा सहमति जुटेको छ भने अन्य पदाधिकारीको टुंगो अझै लाग्न बाँकी छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको विशेष छलफलपछि ओलीको नाममा अन्तिम सहमति भएको स्रोतले जनाएको छ ।

    को हुन् पुष्प ओली ?

    दाङको पवननगरमा २०४३ साल पुस ७ गते जन्मिएका ओली विद्यार्थी जीवनदेखि नै पढाइमा तेज थिए । तर, २०५७ सालदेखि उनी तत्कालीन माओवादीको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमार्फत सक्रिय राजनीतिमा होमिए । २०५९ सालमा उनी पूर्णकालीन रूपमा जनयुद्धमा समर्पित भए ।

    २०६२ माघ १९ गते राजा ज्ञानेन्द्रले घोषणा गरेको शाही नगर निर्वाचन बिथोल्ने क्रममा उनी तनहुँको डुम्रेमा आन्तरिक बम विस्फोटमा परे ।

    घटनामा उनको आँखा, मुख, हात, खुट्टामा गम्भीर चोट लाग्यो । आज पनि उनी शरीरभरिकै गोलीका छर्रासहित जीवन बाँचिरहेका छन् ।

    जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि उनी काठमाडौं उपत्यका सरुवा भई पार्टी जिल्ला सदस्य (DCM) को हैसियतमा काम गर्न थाले ।

    त्यसयता वाइसिएलको विभिन्न तहमा योगदान दिँदै आएका ओली पछिल्लो पटक उपमहासचिव थिए ।

    वाइसिएलमा उमेरको सिमा पार गरेका पुराना नेताहरूको स्थानमा ओलीले नयाँ पुस्ताको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images