images
images
  • ओलीले तेर्स्याएको पतञ्जली तरबारबारे, के भन्छन् माधव ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीसम्बन्धी जग्गा प्रकरणमा आफूमाथि पूर्वाग्रही दृष्टिकोणका आधारमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित मधेस प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले आफूले कुनै पनि अनुचित कार्य नगरेको दाबी गरे ।

    उनले राजनीतिक प्रतिशोधका आधारमा आफूमाथि मुद्दा चलाइएको बताउँदै आफूविरुद्धको कारबाही केही व्यक्तिहरूको बदलाको भावना भएको टिप्पणी गरे । “केही मानिसहरूलाई मप्रति बदलाको भावना छ । त्यसैले भ्रष्टाचारको मुद्दा लगाइएको हो,” उनले भने ।

    अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र न देश न जनताको अहित हुने कुनै कार्य गरेको बताएका छन् । “यदि मैले कसैसँग एक पैसा घुस लिएको प्रमाण छ भने, वा देश–जनतालाई नोक्सान पुग्ने कुनै अनुचित निर्णय गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु,” अध्यक्ष नेपालको स्पष्ट भनाइ थियो ।

    उनले राजनीतिक प्रतिस्पर्धाको नाममा चरित्र हत्या नगर्न आग्रह गर्दै, आफ्नो पार्टीले देशको राजनीतिमा खेलेको भूमिकालाई देखेर कतिपय पक्ष आत्तिएको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images