काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्कको एक घरमा चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन् ।
अमेरिकी सञ्चारमाध्यम NBC Washington का अनुसार, मृतकहरूमा दुई जना बालबालिका र दुई जना वयस्क रहेका छन् ।
प्रहरीका अनुसार, घटनास्थलमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको शव भेटिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार, सबैको शरीरमा गोली लागेका घाउ भेटिएका छन् । घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले यो घटनालाई हत्या, आत्महत्या वा अन्य कुनै कारणका रूपमा के भएको हो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
अहिलेको अवस्थामा अनुसन्धान जारी रहेकाले घटनाको यकिन कारण पुष्टि हुन बाँकी छ ।
छिमेकीहरूले दिएको जानकारीअनुसार, मृतक परिवार करिब छ महिनाअघि नेपालबाट अमेरिका गएका थिए । घटनासँग सम्बन्धित थप विवरण खुल्न बाँकी रहेको जनाइएको छ ।


विश्व खबर 


















