काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसाको प्रक्रिया त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र कीर्तिपुरबाट गर्ने जनाएको छ । त्रिविले सार्वजनिक सूचना प्रकाशन गर्दै नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी र प्राध्यापकहरूका लागि एकद्वार भिजा प्रणाली लागू गर्न लागेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा व्यवस्था भई त्रिवि सभा २०८१ मा पारित भए बमोजिम त्रिवि समन्वय परिषद्को बैठकले त्रिवि अन्तर्गत सञ्चालित आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसरकलेजहरूमा अध्ययनरअध्यापन अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसा प्रक्रिया केन्द्रबाट मात्रै अगाडि बढाइने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्





















