images
images
  • ओलीको निर्देशन कार्यान्वयन गर्न एमाले विद्यार्थीमाथि दबाब, निर्वाचनबाट नयाँ नेतृत्व आउने सम्भावना न्यून

    काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन जेठ २५ गतेदेखि सुरु हुँदैछ ।

    महाधिवेशनको पूर्वसन्ध्यामा संगठनका नेताहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी तयारीबारे ब्रिफिङ गरेका छन् ।

    प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न संगठनमा चौतर्फी घेराबन्दीमा गरेको भन्दै अनेरास्ववियुजस्ता अग्रपंक्तिका संगठनहरूले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका थिए ।

    ओलीले भने, ‘पार्टी अध्यक्षले व्यक्तिको हकमा केही भन्नुभएको छैन, तर अखिल हाँक्नसक्ने सक्षम व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । तपाईंहरू हालका पाँच जना ३२ वर्ष मुनिका पदाधिकारी हुनुहुन्छ । आपसमा छलफल गरेर सर्वसहमतिमा नेतृत्व टुंग्याउनुस् ।’

    एमाले सचिवालयको जेठ ११ गतेको बैठकले अनेरास्ववियुमा ३२ वर्ष उमेरहद लागू गर्ने निर्णय गरिसकेको छ । उमेरहदको मापदण्डले गर्दा नेतृत्व चयनको दायरा संकुचित हुँदै पाँच सचिवभित्र सीमित भएको छ ।

    महाधिवेशनमा सहमतिको प्रयास असफल भएमा निर्वाचनको बाटो खुला हुनेछ । तर, ओलीको निर्देशनअनुसार सहमतिकै आधारमा नेतृत्व चयन गर्ने सम्भावना बढी देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images