images
images
  • रुसी आक्रमणमा १० हजार युक्रेनीको मृत्यु, शहरहरू पूर्णरूपले ध्वस्त, लाखौँ मानिस घर छोड्न बाध्य

    काठमाडौं । उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् ।

    ‘भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ,’ चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेखेका छन्,’ ‘छ जना घाइते भएका छन् र अस्पतालमा भर्ना भएका छन्, विस्फोटले आवासीय क्षेत्रका घरहरूमा क्षति पु¥याएको छ ।’

    सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दशौँ हजार मानिस मारिएका छन्, पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

    युक्रेनले रूसी भूमिमा बदला लिएको छ, सप्ताहन्तमा रुसी सैन्य एयरबेसहरूमा नाटकीय ड्रोन आक्रमण गरी अर्बौं डलरको आणविक हतियार बोक्न सक्ने विमानहरू नष्ट गरेको छ ।

    रुसी नेता भ्लादिमिर पुटिनले किएभको आक्रमणको बदला लिने बताउनुभएको छ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविराम वा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेको देखिन्छ ।

    बुधबार युक्रेनको दक्षिण भागमा रुसले कब्जा गरेको खेरसन क्षेत्रमा भएको बम विष्फोटले यस क्षेत्र बिजुलीविहीन भएको गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images