काठमाण्डौं । जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले पाँच मन्त्रालयसँग सम्बन्धित अन्तर्राष्ट्रिय भ्रमण र सम्मेलनमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनाका अनुसार सरकारका विभिन्न निकायहरूले आगामी हप्ता र महिनामा विदेशमा आयोजना हुने उच्चस्तरीय कार्यक्रमहरूमा सहभागिता जनाउने भएका छन् ।
१. अर्थ मन्त्रालय
बैठकले २०८२ असार ३ गते जर्मनीको म्युनिखमा आयोजना हुने एशियाको विकास कोष फोरम मा सहभागी हुन अर्थ मन्त्रालयका सचिवलाई स्वीकृति दिएको छ ।
२. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ देखि ६ गतेसम्म आयोजना हुने कार्यक्रममा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता जनाउन स्वीकृति प्रदान गरिएको छ ।
३. रक्षा मन्त्रालय
नेपाली सैनिक एकजना प्रमुख सेनानीलाई चीनको बुन्द बान, डिजाउन महाविद्यालयमा अध्ययनका लागि पठाउने निर्णय गरिएको छ । यद्यपि यसबारे विस्तृत विवरण स्पष्ट गरिएको छैन ।
४. वन तथा वातावरण मन्त्रालय
२०८२ असार २ देखि ९ गतेसम्म जर्मनीको बोन शहरमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।
५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२०८२ जेठ २५ देखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुनेमा ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनलाई सहभागिताका लागि स्वीकृति दिइएको छ ।
सरकारले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व सशक्त बनाउने लक्ष्यका साथ सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक सहमति प्रदान गर्दै आएको छ । बैठकका यी निर्णयहरूले नेपालका कूटनीतिक, आर्थिक, वातावरणीय र स्थानीय प्रशासनिक सम्वन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
६. बजेट प्रस्तुतिको अनुमति
अर्थ मन्त्रालयलाई आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्न राष्ट्रिय योजना आयोगको अनुमोदनसहित संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । यो निर्णयले बजेट प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको संकेत दिन्छ
७. कानुन विधेयकहरू संसदमा पेश गर्ने निर्णय
सरकारले आगामी वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक चार विधेयक संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ । ती विधेयकहरूमा निम्न छन् :
संघीय क्षेत्रीय कोषको व्यवस्थापन सम्बन्धी विधेयक
राजस्व उठाउने अधिकारसम्बन्धी विधेयक
संघीय सरकारको आन्तरिक ऋण सम्बन्धी विधेयक
सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी विधेयक
८. कर सम्बन्धी नयाँ नियमावली
सरकारले विभिन्न करका दर संशोधनसम्बन्धी नियमावलीहरू प्रकाशित गर्ने निर्णय गरेको छ, जसमा समावेश छन् :
मूल्य अभिवृद्धि कर (सातौं संशोधन) नियमावली, २०८२
अन्तःशुल्क (सातौं संशोधन) नियमावली, २०८२
भन्सार (सातौं संशोधन) नियमावली, २०८२
सार्वजनिक ऋण (छैंठौं संशोधन) नियमावली, २०८२
९. प्रहरी संगठनमा उच्चस्तरीय नियुक्ति
गृह मन्त्रालयको प्रस्तावमा सिद्धि विक्रम शाहीलाई अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति दिने निर्णय गरिएको छ ।
१०. सडक सुरक्षासम्बन्धी कार्ययोजना स्वीकृति
सडक सुरक्षा समन्वय व्यवस्थापन कार्ययोजना को कार्यान्वयनका लागि यातायात मन्त्रालयको प्रस्ताव स्वीकृत गरिएको छ ।
११. कानुन तर्जुमा सम्बन्धी प्रस्तावहरू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत तीन वटा विधेयकहरूको तर्जुमा गर्न स्वीकृति दिइएको छ ।
हुलाक सेवा सम्बन्धी विधेयक
गोरखापत्र संस्थान सम्बन्धी विधेयक
राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयक























