images
images
  • गृहमन्त्री लेखकद्वारा प्रहरी प्रधान कार्यालयमा विपद् पूर्वतयारीको अवलोकन र ब्रिफिङ

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

    अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारीले बताए ।

    यसअघि हिजोमात्रै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको हेडक्वार्टर पुगेर ब्रिफिङ लिएका थिए ।

    गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापासहित अन्य अधिकारीहरूसँग विपद्को तयारीबारे भइरहेको तयारीबारे ब्रिफिङ लिएका हुन् ।

    गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौं उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images