काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयमा आधारित भएर पाण्डेलाई निलम्बन गरिएको हो ।
महानगर स्रोतका अनुसार गुरागाईंले यसअघि पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पु¥याएको आरोपमा उपमेयर सुनिता डंगोल र गुरागाईंले स्पष्टीकरण मागेका थिए ।
तर, पाण्डेको जवाफ चित्तबुझ्दो नलागेको भन्दै उनलाई छ महिनाका लागि कार्यबाहिर गरिएको हो ।
स्पष्टीकरण पत्रमार्फत गुरागाईंले पाण्डेलाई आफू कार्यालय जान खोज्दा अवरोध गरेको र नगर प्रहरी प्रशासनमा अनुशासनहीनता देखिएको भन्दै जवाफ मागेका थिए ।
पाण्डेको जवाफ सन्तोषजनक नभएपछि उनलाई कारबाही गरिएको महानगर स्रोतले जानकारी दिएको छ ।
यस निलम्बनसँगै काठमाडौं महानगरभित्र प्रशासनिक शक्ति संघर्ष चुलिएको संकेत देखिएको छ ।
पाण्डे नगर प्रहरी प्रमुखको हैसियतमा लामो समयदेखि सक्रिय थिए भने गुरागाईं केही महिनाअघि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका हुन् ।
महानगरपालिकाले अहिलेसम्म पाण्डेको स्थानमा नयाँ नगर प्रहरी प्रमुखको तोकिएको विवरण सार्वजनिक गरेको छैन ।























