काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनस्र्थापनाको माग गर्दै राजावादीहरूले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाएका छन् ।
गत फागुन २५ यता आन्दोलनलाई काठमाडौंमा केन्द्रित बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार आन्दोलनको नेतृत्व राप्रपा, राप्रपा नेपाल लगायतका राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना समूहले गरेको छ ।
यी समूहहरूले गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक महिने भ्रमण सक्काएर काठमाडौं फर्किने क्रममा राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी क्षेत्रमा भव्य जनप्रदर्शन गरेका थिए ।
त्यहीँबाट हौसिएका उनीहरूले गत चैत १५ र बैशाख १५ गते काठमाडौंमा प्रदर्शन गरेका थिए ।
जेठ १५ यता अनिश्चितकालका लागि आन्दोलनलाई अघि बढाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
आन्दोलन थप चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रदर्शनस्थल बल्खु, माइतीघरमण्डला, नयाँबानेश्वर, तीनकुने लगायतका क्षेत्रमा निषेधज्ञा जारी गरेपछि राजावादीहरूले आज (मंगलबार) सिफलमा प्रदर्शन गरिरहेका छन् ।























