images
images
  • पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा : एक करोडभन्दा बढी रकमको दुरुपयोग आरोप

    काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    पुर्वमुख्यमन्त्री सोडारीले पदीय मर्यादा विपरीत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    अख्तियारका अनुसार सोडारीले सार्वजनिक पद धारण गरेको मिति २०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रुपैयाँ र सन्ताउन्न पैसा भ्रष्ट्राचार गरेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images