काठमाडौं । विगत लामो समयदेखि जारी राजावादीहरूको आन्दोलनलाई तह लगाउन तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।
केहीबेर अघि सिंहदरबारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ ।
आज (सोमबार)को छलफलमा विगत लामो समयदेखि राजावादीहरूको काठमाडौं केन्द्रित आन्दोलनलाई तह लगाउन उनीहरूबीच छलफल जारी छ । गत फागुन २५ गतेदेखि निरन्तर प्रदर्शनमा उत्रिएका राजावादीहरूले आन्दोलनलाई निकै सशक्त बनाउँदै आएका छन् ।
देउवा, ओली र प्रचण्डबीचको छलफलमा राजावादीहरूलाई काठमाडौं प्रदर्शनमा रोक लगाउने र आन्दोलनका कमाण्डरहरू राजेन्द्र लिङ्देन, कमल थापा र नवराज सुवेदी लगायतलाई जेल हाल्ने तयारी भइरहेको स्रोत बताउँछ ।
यसअघि चैत १५ काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ परेका थिए ।























