काठमाडौं– देशको बीमा बजारमा २९ वर्षदेखि सेवा प्रदान गरिरहेको नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३०औं वर्ष प्रवेशको अवसरमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०८२ जेठ १५ गतेदेखि आफ्नो ३०औं वर्षको यात्रा सुरु गरेको हो ।

बीमा भुक्तानी, दावी निष्पादन, कर तिर्ने लगायतका सूचकांकमा उत्कृष्टता हासिल गर्दै आएको कम्पनीले बीमा सेवाको पहुँच विस्तारका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको स्वास्थ्य परीक्षण तथा खुल्ला रक्तदान कार्यक्रममा कर्मचारी, ग्राहक तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका शाखा कार्यालयहरूमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
नेको इन्स्योरेन्सले व्यवसायसँगै समाज सेवामा पनि सक्रिय रहँदै सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्यक्रम गर्दै आएको जनाएको छ ।



विश्व खबर 



















