काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित आधाबार जंगलमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएकी छन् ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२ का अन्दाजी ३३ वर्षीय केशव पटेल रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका पटेलको उपचारको क्रममा अल्पाइन अस्पतालमा मंगलबार बेलुकी करिब साढे ८ बजे मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएकी उनकी श्रीमती २८ वर्षीय नितुको अल्पाइन अस्पतालमै उपचार भइरहेको छ ।
उनीहरु सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । मंगलबार बेलुकी करिब सवा ८ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१ख ४६५३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ना२३प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा रहेका र टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।


विश्व खबर 



















