images
images
  • नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्द कुमारले दिए राजीनामा

    काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्द कुमार रानाले पार्टी परित्याग गरेका छन् ।

    उनले जेठ १५ गते पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नागरिक उन्मुक्ति पार्टी स्थापना समयमा लिएको राजनीतिक मर्म र उद्देश्यबाट विचलन भएको गम्भीर आरोप लगाएका छन् ।

    “भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयताको मूल मर्मलाई बिर्सिएर पार्टी परम्परागत संसदीय दलको सिकोमा पद, प्रतिष्ठा र सत्ताकै लागि केन्द्रित हुँदै गएको छ,” राजीनामा पत्रमा उल्लेख गरिएको छ, “यसले सीमान्तकृत समुदायको स्वतन्त्रता, पहिचान र समृद्धिका पक्षमा आशा गरिएको भूमिका खेल्न सकेन ।”

    रानाले आफू लामो समयदेखि उत्पीडित र उपेक्षित समुदायको अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै पछिल्ला गतिविधिहरू पार्टीको नैतिक मूल्य र राजनीतिक संस्कारसँग मेल नखाने भएकाले अब पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको बताएका छन् ।

    राजीनामा पत्रमा उनले पार्टीका सम्पूर्ण जिम्मेवारी–केन्द्रीय सदस्य, कञ्चनपुर जिल्ला अध्यक्ष तथा साधारण सदस्यता–परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन् । “पार्टीमा मलाई दिइएको जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्दछु,” पत्रको अन्त्यमा लेखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images