images
images
  • इजरायल–हमास युद्ध : हालसम्म ५४ हजारभन्दा बढीको मृत्यु, कति बन्धक फिर्ता भए ? (संख्यासहित)

    काठमाडौं । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ । ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । दुई पक्षबीचको लडाइँ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ ।

    ७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।

    तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौंमा नाघेको छ । गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तिमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् । १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ ।

    इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ । ११ हजार ४५१ अन्य घाइते भएका छन । मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन् ।

    तर यी तथ्यांकहरू पछाडि हतियार मात्र होइन, भोक, रोग र जीवनको बन्द लाइनहरू पनि जिम्मेवार छन् । केही महिनाअघि सीमाना पूर्णरूपमा सिल गरिएको थियो । न खाना न औषधि न राहत वितरण गर्न सकियो । बाँच्नको लागि हरेक दिन संघर्ष गरिरहेका छन् ।

    रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन् । छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन । यो ठूलो विनाशको दृश्य हो ।

    हालै केही राहत सामग्री आइपुग्यो । तर, स्थिति यति विष्फोटक थियो कि भीडले नियन्त्रण गुमायो र सुरक्षा बलले जवाफी फायरिङ गर्यो । यस अराजकतामा धेरैले ज्यान गुमाए । दर्जनौं घाइते भए । बन्धक फिर्ताको कुरा गर्दा हालसम्म १४८ जना फर्किएका छन् ।

    कहिले सम्झौतामा कहिले कुनै सम्झौताविना कहिले सैन्य कारबाहीमार्फत तर सयौं अझै बेपत्ता छन् । र, तिनीहरूलाई फिर्ता ल्याउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। युद्धविरामको बारेमा बयानबाजी चर्को छ । तर स्पष्ट बाटो देखिँदैन ।

    जब इजरायलले भूमिमा ठूलो आक्रमणको कुरा गर्छ । हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दछ । मध्यस्तकर्ता देशहरू इजिप्ट, कतार र अमेरिका जो ब्याकफुटमा छन् । विश्वले विज्ञान, विकास र कूटनीतिको कुरा गरिरहेको बेला सिङ्गो क्षेत्र भोक, बन्दुक र विनाशले डुबेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images