images
images
  • राजावादी आन्दोलनले सवारी आवागमन ठप्प, सडकपेटी हुँदै गन्तव्यतर्फ यात्रु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका राजावादी समूहले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

    बिहीबार रत्नपार्क शान्ति वाटीकाबाट सुरु भएको आन्दोलन शुक्रबार माइतीघर मण्डला हुँदै बानेश्वर पुगेको छ ।

    आन्दोलनकारीहरू अहिले माइतीघर, बबरमहल, बिजुली बजार हुँदै नयाँबानेश्व पुगेका छन् ।

    उनीहरूको आन्दोलन र प्रदर्शनले नयाँबानेश्वर, हुँदै माइतीघरसम्म आइपुग्ने सवारी आवागमन ठप्प भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

    उनका अनुसार ट्राफिक डाइभर्सन गर्नुपर्ने अवस्था नभएकोले यात्रुहरूलाई यात्रामा समस्या भएको छ । यतिबेला अधिकांश यात्रु गाडीबाट ओर्लिएर सडकपिटी हुँदै गतव्यतर्फ लागिरहेको गिरीले बताए ।

    यसअघि राजावादीहरूले गत चैत २५ बैशाख १५ गते काठमाडौंमा जनआन्दोलन गरेका थिए । त्यस्तै जेठ १५ गतेदेखि उनीहरूले प्रदर्शनलाई पुनः निरन्तरता दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images