images
images
  • राजावादीहरू विभाजित, गणतन्त्रविरुद्ध राप्रपाको आन्दोलन दुर्गा प्रसाईं समूहद्वारा बहिष्कार (विज्ञप्तिसहित)

    काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले सत्याग्रह आन्दोलन पुनः सुरु गर्ने घोषणा गरेको छ ।

    अभियानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष दुर्गा प्रसाईंलगायत नेताहरूको रिहाइको मागसहित माइतीघर मण्डलामा जेठ १२ गतेदेखि सुरु गरेको शान्तिपूर्ण सत्याग्रह आन्दोलनलाई जेठ १५ सम्मका लागि स्थगन गरिएको र अब पुनः जेठ १६ गतेदेखि निरन्तर रूपमा माइतीघर मण्डलामा प्रदर्शन हुने जनाएको हो ।

    प्रेस विज्ञप्तिमा जनाइएअनुसार, जेठ १५ गतेको आन्दोलन राप्रपाको नेतृत्वमा भएको जनआन्दोलन भएकाले अभियानका तर्फबाट कुनै सहभागीता नरहेको र अभियानले त्यस्तो आन्दोलनमा सहभागी नहुन आफ्ना समर्थकहरूलाई आग्रह गरेको छ । ‘कुनै पनि अप्रिय घटना भएमा हाम्रो महाअभियान जिम्मेवार हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    कथित रूपमा गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेका अभियन्ताहरूको रिहाइको माग गर्दै सुरु गरिएको सत्याग्रह आन्दोलनलाई शान्तिपूर्ण रूपमा निरन्तरता दिइने अभियानका सचिव प्रेमदीप लिङ्देन हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिको अन्त्यमा जय राष्ट्रवाद, जय नागरिक बचाउ महाअभियान लेखिएको छ । जसले अभियानको राष्ट्रियता केन्द्रित चिन्तनलाई पुनः दोहो¥याएको छ ।

    501163292 9907237822721970 2153859121157850857 n 1748503154

    प्रतिक्रिया दिनुहोस्
    images
    images