वासिङटन डीसी – अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताएका छन् । आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा उनले यो जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई संघीय सरकारको सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । जनवरीमा ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि उनले मस्कलाई नयाँ खडा गरिएको सरकारी विभाग सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए ।
‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । यस अवसरमा अनावश्यक सरकारी खर्च घटाउने अवसर मलाई दिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु ।’ बिहीबार एक्सको पोष्टमा मस्कले लेखेका थिए ।
‘समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’ पोष्टमा अझ अगाडि लेखिएको थियो ।


विश्व खबर 




















