images
images
  • ट्रम्प प्रशासन छोड्दै एलन मस्क

    काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको लागत घटाउने कार्यदलको नेतृत्व गर्ने उनको समय अन्त्यतर्फ आएको बताएका छन् ।

    मस्कले यो वर्ष सुरु भएको सरकारी कार्यदक्षतता विभाग (डोज)को नेतृत्व गर्दै आएका थिए । उनलाई विशेष सरकारी कर्मचारीको रूपमा नियुक्त गरिएको थियो जसले, उनलाई हरेक वर्ष १३० दिनसम्म सरकारी काम गर्न अनुमति दिन्छ ।

    २० जनवरीमा ट्रम्पको पदभार ग्रहणदेखि गणना गर्दै मे महिनाको अन्त्यतिर उनको यो अवधि सकिने बीबीसीले जनाएको छ ।

    सामाजिक संजाल एक्समा एक पोस्ट गर्दै मस्कले ट्रम्पलाई यो भूमिकाको लागि धन्यवाद दिए । र, उनले डोज सरकारको जीवनशैली बन्ने विश्वास गरेको बताए ।

    “विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय अन्त्य हुँदै गर्दा मलाई फजुल खर्च घटाउने अवसर दिएकोमा म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु,” मस्कले एक्समा लेखे ।

    उनले यो संस्था समय बित्दै जाँदा मात्र बलियो हुने बताए । राष्ट्रपति कार्यालयका एक अधिकारीले मस्कको विशेष सरकारी कर्मचारीको रूपमा बुधबार रातबाट विदाइ हुने समाचार आउटलेट सेमाफोरलाई बताए ।

    मस्कको यो निर्णय ट्रम्पको खर्च विधेयकलाई आलोचना गरेपछि आएको हो । यसमा ट्रिलियन डलर कर छुट र रक्षा खर्च बढाउने प्रतिबद्धता समावेश छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images