काठमाडौं । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।
सभाको आजको बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका छन् । सभामुखले दलीय आधारमा बोल्न आग्रह गरेका थिए ।
विपक्षी दलका सांसदहरूले बोल्न नचाहेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ । सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले संसद्को गतिरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै प्रतिपक्षीले उनको राजीनामा माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्























