images
images
  • आज पनि विपक्षी दलले मागे गृहमन्त्रीको राजीनामा

    काठमाडौं – संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् ।

    प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

    सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गरेका छन् ।

    उनले दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन् । विपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images