images
images
  • ओलीलाई प्रचण्डको जवाफ : ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ’

    काठमाडौं – संसद्‌ अवरोध खुलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरी संसद्‌को अवरोध हटाउन आग्रह गरेका थिए।

    माओवादी सांसद माधव सापकोटा र गृहमन्त्री रमेश लेखकका अनुसार, संसद्‌ भवनमा विपक्षी दलहरूको बैठक भइरहेका बेला प्रधानमन्त्री ओलीको फोन अध्यक्ष दाहाललाई आएको थियो। ओलीले संसद्‌को नियमित कामकारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए।

    तर अध्यक्ष दाहालले गृहमन्त्री लेखकको राजीनामा अनिवार्य भएको र संसद्मा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए। उनका अनुसार, “दाहालले स्पष्ट रुपमा भने– भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ, र प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनुपर्छ।”

    विपक्षी दलहरूको संयुक्त बैठकले पनि गृहमन्त्रीको राजीनामा र छानबिनको माग दोहोर्‍याएको सापकोटाले बताए। यता गृहमन्त्री लेखकले भने संसद्मा आफ्नो धारणा राख्न समय माग गरेको जनाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images