images
images
  • विपक्षी दलहरूको बैठक संसद् भवनमा जारी, राप्रपा अनुपस्थित

    काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको विपक्षी दलहरूको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बसिरहेको छ। तर, बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सहभागि भएको छैन।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् बैठकमा प्रवेश गर्नु अघि प्रमुख प्रतिपक्षी दलहरूको आह्वानमा बसेको यो बैठकमा रास्वपा, एकीकृत समाजवादी, आम जनता पार्टी लगायतका दलहरूको सहभागिता रहेको छ।

    माओवादी सांसद माधव सापकोटाका अनुसार, बिहान १०:५० बजे सुरु भएको बैठकमा गृहमन्त्रीको राजीनामा, आगामी बजेट प्रस्तुतिका सन्दर्भमा संसद् सञ्चालन लगायतका विषयमा छलफल भइरहेको छ।

    बैठकमा सहभागी नेताहरूमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ, उपसभापति स्वर्णिम वाग्ले, एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी र आम जनता पार्टीका नेता प्रभु साह छन्।

    प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि, आधा घण्टासम्म पनि सुरु हुन सकेको छैन। यद्यपि राप्रपाले पनि गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएको भए पनि उसले यो बैठकमा सहभागिता जनाएको छैन।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images