काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सांसदको घरमा छापा मारेको छ।
अख्तियारले सांसद सरोजसिंह कुशवाहाको घरमा छापा हानेसँगै उनका स्वकीय सचिव विनोदकुमार लाख कायस्था पक्राउ परेका छन्। महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित कुशवाहाको घरमा छापामारी मारी हुँदा कायस्थ पक्राउ परेका हुन्।
स्रोतका अनुसार उनको घरबाट विभिन्न योजनाका कागजातसमेत नियन्त्रणमा लिएको छ। सांसद कुशवाहा सम्पर्कविहीन बनेका छन्।
सांसद कुशवाहाको भागमा परेको योजना बिक्री गरेको गोप्य सूचनाका आधारमा अख्तियारबाट खटेका टोलीले छापा मारेको जनाएको हो।
प्रतिक्रिया दिनुहोस्























