images
images
  • भिजिट भिसा प्रकरण : राजीनामा दिने तयारीमा गृहमन्त्री रमेश लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।

    आज (सोमबार) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीको बैठक बसेको थियो ।

    उक्त बैठकमा लेखकमाथि पार्टीका केही पदाधिकारीले मार्ग प्रशस्त गर्न चर्को दबाब दिएपछि उनी राजीनामा दिन तयार भएको बैठकमा सहभागी एक पदाधिकारीले विश्व खबरलाई बताए ।

    भिजिट भिसा प्रकरणमा निकटस्थ कर्मचारीहरू जोडिएपछि गृहमन्त्री रमेश लेखकले पार्टीलाई अप्ठ्यारो नपार्न राजीनामा दिन तयार रहेको ती पदाधिकारीले बताएका छन् ।

    उनका अनुसार गृहमन्त्री लेखक कांग्रेसको नेतासमेत रहेकोले बैठकको सुरुवात नै भिजिट भिसा प्रकरणबाट भएको थियो । सभापति देउवासहितका नेताले लेखकलाई यसबारे प्रष्टीकरण दिन आग्रह गरेका थिए ।

    त्यसपछि लेखकले आफ्नो धारणा राख्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको विषय पटकपटक बैठकमा दोहो¥याउँदै मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए ।

    बैठकले लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष पनि निकालेको छ । पार्टीभित्र र विपक्षी दलका नेताहरूले राजीनामाको माग गरिरहँदा बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकालेको हो ।

    तर, विपक्षी दलहरूले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने चौतर्फी आलोचना भएको छ । आलोचना र दबाब सहन नसकेर गृहमन्त्री रमेश लेखक राजीनामा दिन तयार भएका छन् ।

    यद्यपि यसबारे उनी अहिले पार्टीका शीर्ष नेताहरूसँग परामर्शमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images