images
images
  • रवि लामिछानेमाथिको ‘प्रतिशोधविरुद्ध न्यायका लागि अभियान’ सुरु गर्दै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत् अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले अभियानका लागि अवधारणापत्र अनुमोदन गर्दै सहकोषाध्यक्ष दीपक बोहरालाई संयोजकमा तोकेको छ ।

    रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा दलतन्त्रको दोहन, राज्य संयन्त्रको दुरुपयोग, राजनीतिक प्रतिशोध लगायतका बेथिति विरुद्ध जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

    ‘दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति र प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियानको अवधारणापत्र अनुमोदन गर्दै रास्वपाले अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीहरूमाझ स्थापित गर्ने दृढ संकल्प गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    रास्वपाले अभियानमार्फत भित्र्याएका राजनीतिक मुद्दा केवल सत्ता समीकरणमा सीमित नरही, नेपाली जनतामाझ प्रत्यक्ष संवादमार्फत स्थापित गर्ने योजना बनाएको जनाएको छ । पार्टीले यस अभियानलाई एक किसिमको जनसंगठित अभियानका रूपमा समेत विकास गर्ने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images