काठमाडौं – उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेन शाहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन आग्रह गर्दै औपचारिक पत्र बुझाएका छन्।
पत्रमा पौष १४ गतेपछि हालसम्म कार्यपालिका बैठक नबसेको उल्लेख गरिएको छ। बैठक नबसेका कारण नीति, योजना, र निर्णय प्रक्रिया अवरुद्ध भएको कार्यपालिका सदस्यहरूको भनाइ छ। पछिल्लो समय कार्यशैलीको कारण मेयर शाह महानगरभित्रै एक्लिँदै गएको टिप्पणीसमेत गरिएको छ।
बैठक माग गर्दै बुझाइएको पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठको पनि हस्ताक्षर रहेको छ। उनी निर्वाचित भएयता कार्यपालिका बैठक एक पटक पनि नबसेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस्























