images
images
  • देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

    पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले आज सोमबार पदाधिकारी बैठक राखेको छ।

    बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे ९ बजे सुरु भएको एक नेताले जानकारी दिए।

    बैठकमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्।

    आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला बसेको कांग्रेस पदाधिकारी बैठकलाई महत्त्वपूर्ण ठानिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images