images
images
  • कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन : ‘१५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’

    काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूविरुद्ध सशक्त प्रदर्शनको संकेत दिँदै आगामी जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा ल्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

    वाग्मती प्रदेशका वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजसंस्थाका पक्षधरहरूको चहलपहल बढ्दै गएको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आह्वान गरेका हुन्।

    ‘निर्देशन पछि आउँछ, तपाईंहरू जे गर्नुपर्छ त्यो गर्नुस्, तयारी अवस्थामा बस्नुस्,’ उनले भने, “१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।’

    उनले कार्यक्रमको आयोजक संस्थाबारे चिन्ता नगर्न सुझाव दिँदै भने, “कुन संस्थाले आयोजना गर्छ, त्यो छोडिदिनुस्। आन्दोलनमा प्रोटोकल हुँदैन।”

    राजावादी आन्दोलनप्रति कटाक्ष गर्दै ओलीले सरकार र जनता मौन बसेको अवस्था देखेर उनीहरू उत्साहित भएको भन्दै चेतावनी दिए।

    ‘सरकार र जनता चुपचाप बसेको देखेर फुर्तिफार्ती देखाएका छन्। यी अक्षता मन्छाउने हुन्,’ उनले भने, ‘एमाले ठ्याङ्ग्रिएर मैदानमा उत्रिएपछि यी कहाँ पुग्छन् हेरौं।’

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images