images
images
  • रवि लामिछानेको विकल्पबारे रास्वपामा छलफलको तयारी, केन्द्रीय समितिको बैठक आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा पार्टीको भावी नेतृत्वबारे छलफल हुने रास्वपाले जनाएको छ ।

    सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा लामो समय थुनामा बस्नुपर्ने भएको भन्दै उनको विकल्पबारे छलफल हुने बताइएको छ । अहिले पार्टीको कार्यवहाक सभापति डोलप्रसाद अर्याल ‘डिपी’ छन् ।

    आज (आइतबार) बस्ने केन्द्रीय समितिको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र सभापति रविलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर भएपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।

    बैठक दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images