images
images
  • सर्वोच्चले नै खोल्यो पौडेलको गभर्नर बन्ने द्वार

    काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्राडा विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ ।

    आज (मंगलबार) न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

    अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

    तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो ।

    राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images