काठमाडौं । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ ।
योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ ।
योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवद्र्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ ।
सन् २०२५ को अन्त्ये सम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ ।
नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ ।
योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मुल्यवृद्धि देशको कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ ।
त्यस्तै एकीकृत तथ्याङ्क बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्याकउने लक्ष्य पनि रहेको छ ।
कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवद्र्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन् ।


विश्व खबर 


















