images
images
  • शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाव बढाइने

    युरोपेली सङ्घ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले शुक्रबार आफना धारणा व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार हुनुहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाव जारी राखिने बताएका छन् ।

    उनले मस्को विरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी सुरु भइसकेको जानकारी दिए ।

    “हामी सबै शान्ति चाहन्छौं र शान्तिको मार्गतर्फ अघि बढ्न हामीले आवश्यक पहल गर्नुपर्छ । जबसम्म राष्ट्रपति पुटिन शान्तिका लागि तयार हुनुहुन्न, तबसम्म दबाव कायम राख्न जरुरी छ,” अध्यक्ष भन डर लायनले तिरानामा आयोजित युरोपेली नेताहरूको भेला कार्यक्रममा पत्रकारहरूसँग भने ।

    युरोपेली सङ्घले यस साता १७ औं प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रूसद्वारा प्रयोग गरिँदै आएका करिब २०० तेल ट्याङ्करहरूलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।

    अध्यक्ष भन डर लायनका अनुसार नयाँ प्रतिबन्धले विशेष गरी बाल्टिक समुद्रस्थित नर्ड स्ट्रिम १ र २ ग्यास पाइपलाइनहरूलाई लक्षित गर्नेछ, जसको उद्देश्य ती परियोजनाहरू पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई रोक्नु हो ।

    प्रवक्ता पाउला पिन्होले भने , “नर्ड स्ट्रिम १ मर्मत गर्न सकिने सम्भावना छ र नर्ड स्ट्रिम २ सैद्धान्तिक रूपमा अनुमति पाउन सक्छ । त्यसैले भविष्यमा लगानीकर्ताहरूले कुनै चासो नदेखाओस् भन्ने उद्देश्यले अग्रीम रूपमा कदम चालिएको हो ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images