मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा हुनेछन् ।
यो सम्भवतः सन् २०२२ यता युक्रेनको द्वन्द्वमा उनीहरूको पहिलो प्रत्यक्ष बैठक हुनसक्छ । यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिले युद्ध अन्त्य गर्नका लागि प्रगतिका लागि थोरै आशा छोड्दछ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताका लागि मस्कोले लो–प्रोफाइल प्रतिनिधिमण्डल पठाएपछि र बिहीबारका लागि प्रारम्भिक रूपमा निर्धारित वार्ताअघि दुवै पक्षले एकअर्कालाई अपमान गरेपछि शान्ति वार्ताका लागि अपेक्षा कम गरेका छन् ।
‘म स्पष्ट हुन चाहन्छु… भोलि के हुनेछ भन्नेबारे हाम्रो उच्च अपेक्षा छैन,’ रुबियोले भने । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनलाई नभेटेसम्म युद्ध अन्त्य गर्ने दिशामा कुनै आन्दोलन नहुने भन्दै टर्कीमा प्रगति हुन नसक्ने कुरा स्वीकार गरेको देखिन्थ्यो ।
‘मलाई लाग्दैन कि तपाईंलाई मन परोस् वा नपरोस्, उहाँ र म एक साथ नआउँदासम्म केही पनि हुनेछैन,’ ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि मस्कोमाथि युद्ध अन्त्य गर्न ‘गम्भीर नभएको’ आरोप लगाउँदै आफूले सफलताको अपेक्षा नगरेको बताए । गत हप्ता पुटिनले दुई पक्षबीच प्रत्यक्ष वार्ताको प्रस्ताव राखेका थिए । तर, जेलेन्स्कीले उनलाई व्यक्तिगत रूपमा वार्तामा उपस्थित हुन चुनौती दिएपछि प्रतिक्रिया दिन अस्वीकार गरे ।
रुसी पक्षको नेतृत्व पुटिनका कट्टर सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गरिरेहका छन् । उनले युक्रेनको अस्तित्वको अधिकारमाथि प्रश्न उठाएका छन् । सन् २०२२ मा युद्धको सुरुआतमा असफल वार्ताको नेतृत्व गरेका थिए । युक्रेनको प्रतिनिधिमण्डलको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभ र करिब एक दर्जन उप–स्तरीय अधिकारीहरूले गर्नेछन् ।


विश्व खबर 


















