images
images
  • सशस्त्र द्वन्द्वको उद्‌गमस्थल रोल्पामा माओवादीले जेठ ७ गते विशाल जनसभा गर्ने

    काठमाडौं । १० वर्षे लामो सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा नेकपा (माओवादी केन्द्र)ले विशाल जनसभाको आयोजना गरेको छ ।

    ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’अन्तर्गत रोल्पाको थवाङमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।

    जेठ मसान्तसम्म सम्पन्न गर्नेगरी भोलि (शुक्रबार)देखि अभियानको सुरुआत गरिने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदुरपश्चिमको बैतडी पाटनबाट यो अभियानको उद्घाटन गर्नेछन् ।

    अभियानअन्तर्गत जेठ १ गते बेलुका डडेलधुरा, २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद, ३ गते अछामको मंगलसेनमा जनसंवादको आयोजना गरिएको छ ।

    त्यस्तै ४ गते दैलेखको सदरमुकाममा जनसभा, ५ गते जाजरकोटको खलंगामा जनसंवाद, ६ गते पश्चिम रूकुमको चौरजहारीमा जनसभा र मुसिकोट जनसंवाद, जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभाको आयोजना गरिएको छ ।

    त्यसैगरी जेठ ८ गते वागलुङ जनसंवाद, ९ गते पर्वत कुश्मा जनसंवाद र १० गते कास्की (पोखरा) जनसभाको आयोजना गरिएको छ । बाँकी जिल्लाको तालिका पछि सार्वजनिक गरिने प्रवक्ता सापकोटाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images