images
images
  • को-को परे सत्य निरूपण र बेपत्ता आयोगमा ? (नामावलीसहित)

    काठमाडौं । आयोगमा पदाधिकारी नियुक्त भएका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वमहान्यायाधिवक्ता महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला नियुक्ति भएका हुन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयको प्रस्तावमा दुवै आयोगमा अध्यक्ष र सदस्यहरू गरी १० जना पदाधिकारी नियुक्त गरेको हो ।

    यस्तै, सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारीकौशल्य ओझा नियुक्त भएका छन् भने, बेपत्ता आयोगमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भएका छन् ।

    दुवै आयोगमा पदाधिकारी छनोट गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सरकारले चैत गते दोस्रोपटक सिफारिस समिति बनाएको थियो ।

    सिफारिस समितिको छनोटका आधारमा मन्त्रिपरिषद्ले बुधबार दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर पूर्णता दिएको हो ।आयोगका पदाधिकारीहरूको पदावधि चार वर्षको रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images