images
images
  • पोखरामा नगर बस दुर्घटना, २२ जना घाइते

    काठमाडौं । पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

    जिल्लाको महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

    ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।

    घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

    बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images