images
images
  • भूमाफिया पोस्ने अध्यादेश विवादमा परेपछि संसद्‌मा सुटुक्क पेस गरियो भूमिसम्बन्धी विधेयक

    काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।

    त्यसअघि सांसद प्रेम सुवालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका थिए ।

    सांसद सुवालको प्रश्नको जबाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्ने कुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए ।

    हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरूले नम्बरी जग्गा किन्न पाउने उनको भनाइ छ ।

    किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानूनमा रहेको र पछि सूचित आदेश बनाउँदा छुटेकाले अहिले जोडेको उनले बताए ।

    यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश विवादमा परेपछि गुपचुप बनाएर सरकारले विधेयक संसद्मा पेस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images