
काठमण्डौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास (डेरा)मा उक्त परिषद्को बैठक बस्न लागेको हो ।
अस्ति (सोमबार) सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । त्यसका लागि आज (बुधबार) बस्ने भएको हो ।
पछिल्ला मन्त्रिपरिषद् बैठकहरू प्रायः प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ । यस विषयलाई लिएर चौतर्फी आलोचना भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान गएको छैन ।
बैठकमा महत्त्वपूर्ण निर्णभन्दा अनेकन् गफ हुने एक मन्त्री बताउँछन् । उनी भन्छन्, ‘पछिलो समय सत्तारूढ दलहरूबीच नै टसल भएपछि बैठकमा महत्त्वपूर्ण निर्णय विलम्ब हुँदै गएका छन् । तर, प्रधानमन्त्रीज्यूले यसलाई केहीहदसम्म नियन्त्रण गर्न खोज्नु भएको छ ।’
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद रिक्त छ । उनको राजीनामासँगै गभर्नरमा पनि उनकै नाम चर्चामा छ ।
बैठक बेलुका ६ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्