images
images
  • रुस–युक्रेन युद्धमा ७३ नेपालीको मृत्यु

    काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत ७३ जना नेपालीले ज्यान गुमाएका छन् ।

    पुस ९ यतामात्रै २३ जनाको मृत्यु पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ ।

    रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।

    यस्तै रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

    रुसले युद्धसम्बन्धी पूर्णतालिम नदिई ‘रेड जोन’मा पठाउँदा मानवीय क्षति बढेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images